पोखरा, १० भदौ / हरितालिका तीजको अवसरमा पोखराको लामाचौरमा भदौं १२ गते हुने लामाचौर राष्ट्रिय महिला भलिवल प्रतियोगिता हुने भएको छ । भलिबल प्रतियोगिता ६ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन शसस्त्र बल, न्युडाईमण्ड एकडेमि, नेपाल पुलिस क्लब, चितवन टाइगर्स क्लब, जावलाखेल भलिवल प्रशिक्षण केन्द्र र पश्मिाञ्चल भलिबल टिम गरि ६ टिमको सहभागिता रहने छ ।
राष्ट्रिय महिला भलिबल प्रतियोगिताको पुरस्कार प्रथम, द्धितिय, तृत्तिय पुरस्कार क्रमशः १ लाख १ सय ५५, ६५ हजार ५ र २५ हजार ५ नगद, मेडल ट्रफि र प्रमाणपत्र रहेको छ । त्यस्तै उत्कृष्ट खेलाडिलाई आर्कषक पुरस्कार रहेको छ । “मौलिक संस्कृतिको जगेर्ना गरौं” भन्ने उद्देश्यका साथ आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्यि पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने समाजका अध्यक्ष कमल बहादुर थापाले बताए ।
महोत्सवबाट बचत हुने रकम समाजले संचालन गर्दै आएको एम्बुलेन्स तथा शव वहान सेवामा खर्च गरिने पुर्व अध्यक्ष एवं आकस्मिक सेवा संयोजक संजयकुमार अधिकारीले जानकारी दिए । महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहने छ ।
त्यसै गरी महोत्सवमा प्रदेश स्तरीय आमन्त्रण राष्ट्रिय पुरुष भलिवल प्रतियोगिता, अन्तर बिद्यालय छात्रा भलिवल प्रतियोगिता, नर बहादुर बानिया स्मृती प्रदेश स्तरिय सितोरियो कराँते प्रतियोगिता, समुहगत तीज गीत प्रतियोगिता, अन्तर बिद्यालय लोकनृत्य प्रतियोगिता, लगायतका प्रतियोगिताहरु हुनेछन् ।
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
गोरखामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो