तनहुँ । व्यास नगरपालिका वडा नं.६ का वडाध्यक्ष सुर्यभक्त भण्डारी प्रहरीको हिरासतमा गएका छन् । भण्डारी विरुद्व आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा एक महिलालाई अभद्र ब्यवहार गरेको भन्दै जाहेरी दर्ता भएको थियो । वडा अध्यक्ष भण्डारी प्रहरीको सम्पर्कमा आफै गएका थिए । भण्डारीलाई ५ दिनको म्याद थप भइ अनुन्धान अगाडी बढेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
एक वर्ष भन्दा कम जेल सजाय हुने प्रकृतिको मुद्दा भएकाले जिल्ला प्रहरी कार्यालय तनहुँले मुद्दा दर्ताका लागि जिल्ला प्रशासन कार्यालयमा लगेको थियो । जिल्ला प्रशासन कार्यालयले भण्डारीलाई ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विनोद सिलवालले बताए ।
अनुन्धान गर्न र प्रमाण संकलन भएपछि धौरीटमा छोड्ने वा कारागार चलान हुने भन्ने निर्णय हुने प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बताए । गण्डक न्युजको कुराकानीमा प्रमुख जिल्ला अधिकारी पण्डितले अध्यक्ष भण्डारीलाई पाच दिनको म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न समय दिएको बताए ।
वडाध्यक्ष भण्डारीले सोही वडाकी २१ बर्षीय युवतीलाई फोन मार्फत यौनजन्य गतिबिधीका कुरा गर्दै आएको पिडीतको अरोप छ ।
पिडिीतले भनिन् ‘म तिमीलाई माया गर्छु,तिमी र म पोखरा घुम्न जाऊ,तिमीलाई आर्थिक सहयोग गर्छु,कसैलाई यी कुरा नगर्नु लगायतका यौन जन्य कुरा गरेको आरोप युवतीले लगाएकी छन् । व्यास नगरपालिकाका– ६ का वडाध्यक्ष भण्डारी नेपाली काँग्रेस पुराना नेताका रुपमा मानिन्छन् ।
यता आरोपित वडा अध्यक्ष भण्डारीले आफुले कसैलाई पैसा दिन्छु खुट्टा ढोक्छु भन्ने कुरा नभनेको दाबी गरेका छन् ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते