आर्थिक अवस्था कमजोरी भएको परिवारकी एक १५ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेको अभियोगमा दोषी ठहर भएका व्यक्ति ५ वर्षपछि पक्राउ परेका छन् ।
काठमाडौंको कागेश्वरी मनोहरा स्थायी घर भइ काठमाडौं महानगरपालिका–१८ बस्दै आएका २८ वर्षीय सुमन खड्कालाई पाटन उच्च अदालतले बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो ।
पाटन उच्च अदालतको १० कात्तिक २०७१ को आदेशबाट दोषी ठहर भएका खड्का त्यसयता फरार थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)बाट खटिएको टोलीले खड्कालाई काठमाडौंबाट पक्राउ गरेको हो ।सिआईबीका अनुसार खड्काले परियार थरकी १५ वर्षीया बालिकालाई विवाह गर्ने भन्दै जबरजस्ती करणी गर्दै आएका थिए ।
सिआईबीका खड्काले ६ जेठ २०६९ मा काठमाडौं महानगरपालिका–१८ स्थित आफ्नै घरमा बोलाएर ती बालिकामाथि बलात्कार गरेका थिए ।प्रहरीले खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरी काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो । तर, काठमाडौं जिल्ला अदालतले खड्कालाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो । पछि, उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेशलाई उल्टी गर्दै खड्काविरुद्ध ४ वर्ष ५ दिन १ महिनाको कैद सजाय सुनाएको थियो ।
सम्बन्धित खबर
बदली, वर्षा र हिमपातको सम्भावना
आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु
नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप, १९ जना घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु