पोर्नस्टार हुँदै बलिउड फिल्ममा छाएकी नायिका सनी लियोनीको यतिबेला नेपालमा पनि चर्चा छ । चर्चा हुनुको कारण उनले चलचित्र ‘पासवर्ड’ मा गरेको आइडम डान्स हो । निर्माण टिमका अनुसार सनीले फिल्मका केही दृश्यमा समेत अभिनय गरेकी छिन् ।

त्यसो त सनी यही फिल्मको प्रिमियरका क्रममा नेपाल आउने कार्यक्रम छ । उनले नेपाललाई आफूलाई सबैभन्दा मन पर्ने देश भनेकी छिन् । सनीकै कारण फिल्मको चर्चा हुनुपर्ने हो तर फिल्मले भने खासै चर्चा कमाउन सकेको छैन । सनी नाचेको गीत ‘आजको साम’ ले भने राम्रै चर्चा कमाएको छ ।
फिल्ममा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतका कलाकारको समेत अभिनय छ । एक्सन र सस्पेन्सले भरिपूर्ण भनिएको यो फिल्मको चर्चा भने खासै छैन । न त ट्रेलरले नै खासै चर्चा कमाउन सक्यो ।

भदौ २७ गतेदेखि प्रदर्शनमा आउने यो फिल्म हलमा कस्तो चल्नेछ भन्ने हेर्न बाँकी नै छ । तर, निर्माण टिम भने सनीकै कारण फिल्म चल्नेमा विश्वस्त छ । जो जसको अभिनय रहे पनि फिल्म पक्कै पनि राम्रै हुनुपर्छ । पोस्टरमा चल्तीका नायकको तस्वीर राखेर फिल्म चलाउने जमाना हराइसकेको बेला सनी लियोनीको आइटम डान्सले फिल्म चल्ला या नचल्ला, त्यो भने हेर्न बाँकी छ ।
सम्बन्धित खबर
घाँस काट्न गएका युवक र युवती जङ्गलमा मृत फेला
बदली, वर्षा र हिमपातको सम्भावना
आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु