प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोज्ने २ जना पक्राउ

प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोज्ने २ जना पक्राउ

Police

प्रतिकात्मक चित्र

काठमाडौं– काठमाडौं महानगरपालिका–३१ ठूलो खरिबोट चोकमा डिउटीमा खटिएको प्रहरीलाई २ हजार रुपैयाँ घुस दिन खोज्ने २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काभ्र घर भइ काठमाडौंको सिनामंगल बस्ने २८ वर्षी मनोज तिमल्सिना र भारतको मोतिहारी घर भइ काठमाडौंको सिनामंगल नै बस्ने २३ वर्षीय अरुण कुमार जैसवाल छन् ।

महानगरीय प्रहरी बृत्त बानेश्वरकाट खटिएको प्रहरी टोलीले बा ६० प ४१६८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा तिमल्सिना र जैसवाललाई मदिरा सेवन गरेको फेला पारेको थियो ।मापसे गरेर सवारी चलाएको कसुरमा कारबाही गर्ने क्रममा उनीहरुले प्रहरीलाई प्रलोभनमा पार्न २ हजार रुपैयाँ दिएका थिए । प्रहरीले घुस दिन खोजेको २ हजार रुपैयाँ र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ