प्रधानमन्त्री केपी शर्मा ओली भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषद बैठक चलाएका छन्। स्वास्थ्य उपचारका लागि सिंगापुर रहेका प्रधानमन्त्री ओलीले विदेश भएका बेला सोमबार पहिलोपटक मन्त्रिपरिषद बैठक बोलाएका हुन्।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषदको बैठक बस्दै गरेको फोटो पोस्ट गरेका छन्। प्रधानमन्त्रीका प्रेस सहयोगी चेतन सापकोटाले पनि फोटो पोस्ट गर्दै प्रधानमन्त्री मन्त्रिपरिषद् बैठकमा सरिक रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै प्रविधि र प्राविधिकलाई धन्यवाद दिएका छन्। ‘मन्त्रिपरिषद्का सबै सहभागी र सचिवालयका सहयोगीलाई धन्यवाद’, ओलीले ट्वीट गरेका छन्।
सरकारप्रति जनताको वितृष्णा बढेका बेला किन यस्तो देखावटी तामझाम ?: कमल थापा
बैठक प्रति राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारप्रति जनताको वितृष्णा बढेका बेला किन यस्तो देखावटी तामझाममा प्रधानमन्त्रीलाई प्रोत्साहित गरिएको भन्दै प्रश्न गरेका छन् ।
अध्यक्ष थापाले देशमा आपतकाल र वितिहाल्ने कुनै काम नरहेको बेला पनि यस्तो तामझाम देखाउनुको कुनै औचित्य नरहेको बताउनुभयो । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालको ट्विटमा जवाफ दिँदै प्रधानमन्त्रीलाई तपाईले त सही सुझाव दिनपर्ने हो नि भन्दै तामझाम देखाइएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
नेपाल सरकार कार्यसम्पादन नियमावली, २०६४ मा प्रधानमन्त्रीको अनुपस्थितिमा आपतकालीन अवस्थामा मात्रै मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था भएकोमा त्यसमा संशोधन गर्दै प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडियो कन्फरेन्सिङ प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था राखिएको थियो ।
सम्बन्धित खबर
राराको डाँफे होटलमा आगलागी
घाँस काट्न गएका युवक र युवती जङ्गलमा मृत फेला
बदली, वर्षा र हिमपातको सम्भावना
आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु