काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय वैठक शुरु भएको छ ।सोमबार विहान ११ बजेपछि पार्टी कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकको अध्यक्षता पुष्पकमल दाहाल‘प्रचण्ड’ ले गरेका छन् । अर्का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि उपचारका लागि सिंगापुर गएको समयमा प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।
यसअघि अध्यक्ष केपी ओलीले बैठक आह्वान गर्ने र अध्यक्षता गर्ने गरेकोमा सचिवालयले ओलीको अनुपस्थितिमा प्रचण्डले बैठक बोलाउन सक्ने र पार्टी एकताको बाँकी काम टुंग्याउने जिम्मेवारी दिएको थियो ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १५ महिना भन्दा लामो समयमा प्रचण्डले पार्टी बैठकको अध्यक्षता गरेको पहिलो पटक हो ।
आजको बैठकमा बैठकमा पाँच वटा महानगर कमिटी, पाँच वटा केन्द्रीय निकायको नेतृत्व तथा सात वटा प्रवास क्षेत्रको नेतृत्व चयन गर्ने एजेण्डा छन् ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम