विप्लवको भातृ संगठन अखिल क्रान्तिकारी तनहुँकी अध्यक्ष रुचाल पक्राउ

विप्लवको भातृ संगठन अखिल क्रान्तिकारी तनहुँकी अध्यक्ष रुचाल पक्राउ

Mamata Ruchal

तनहुँ । नेत्रविक्रम चन्द विप्लव नेकपाको भातृ संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठन तनहुँकी अध्यक्ष एवं पार्टीको जिल्ला सदस्य ममता रुचाललाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

प्रहरीले व्यास नगरपालिका-११ बाट रुचाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए ।

तनहुँबाट प्रहरीले हालसम्म १६ जना विप्लवका कार्यकर्ता पक्राउ गरेको बताइएको छ ।

पक्राउ परेकी रुचालको साथबाट पार्टीको पर्चा पम्प्लेट लगायतका सामाग्रीहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds