काठमाडौं- रबि लामिछाने सहित ३ जनामाथि मुद्धा दर्ता भएकाे छ । जसकारण समर्थकहरू थप अान्दाेलित भएका छन् । अाइतबार साँझ प्रहरीसँग झडप भयाे भने दर्जनाैं अश्रुग्याँस र लाठी प्रहार भयाे । अवस्थालाई नियन्त्रणमा राख्न प्रशासन कडा बनेकाे छ । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधित क्षेत्र घोषणा गरेको छ।
शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा गत साउन ३० गत पक्राउ परेका रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्की रिहाइको माग गर्दै दिनहुँजसो प्रदर्शन हुन थालेपछि प्रशासनले आइतबार एक सूचना जारी गर्दै निषेधित क्षेत्र घोषणा गरेको हो।
न्याय निरुपण हुने स्थानमा नै गम्भीर असर पर्नेगरी हुलदंगा हुन थालेको भन्दै प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको उल्लेख छ। जसअनुसार पूर्वमा बाइपास सडकतर्फको आन्तरिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म निषेधित क्षेत्र लागू हुनेछ।
यसैगरी पश्चिममा पूर्वपश्चिम राजमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीसकोठी चोकसम्म र उत्तरतर्फ बाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक, नारायणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम राजमार्गको चौबीसकोठी चोकसम्म निषेधित क्षेत्र तोकिएको प्रशासन कार्यालयको सूचनामा उल्लेख छ।

सम्बन्धित खबर
सामाजिक सञ्जालमा अराजकता स्वीकार्य छैन: प्रधानमन्त्री ओली
विश्वको प्रदूषित शहर सूचीमा चौथो स्थानमा नेपालको राजधानी काठमाडौं
सवारी चालक अनुमतिका लागि उमेर हद बढाउने तयारीः बाइक, स्कूटर चलाउन १८ वर्ष
राराको डाँफे होटलमा आगलागी
घाँस काट्न गएका युवक र युवती जङ्गलमा मृत फेला
बदली, वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम