तनहुँको उकालो गईरहेको बस अचानक ब्याक हुँदा पैदलयात्रीलाई ठक्कर दिएको छ । व्यास नगरपालिका १३ ढाड स्थित भित्री सडक खण्डमा दमौलीबाट छाब्दीतर्फ जाँदै गरेको ग १ ख २७०३ नम्बरको बस उकालो बाटोमा अचानक ब्याक भई पैदलयात्री व्यास नगरपालिका १३ बस्ने वर्ष ४० कि गोमा पन्तलाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको छ ।
संगै रहेकी ५० वर्षकि सावित्री अधिकारी घाईते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको छ । उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।
बागलुङ: शव फेला
बागलुङको गलकोट नगरपालिका(९ बासखोला स्थित रहेको नाईरेखोलाको छेउ भिरमुनी तिन दिन देखि सम्पर्कमा नरहेका गलकोट नगरपालिका(०३ हटिया घर भएका वर्ष ७० का रत्न बहादुर भण्डारी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
स्याङ्जा: ग्याँस लिक भई आगलागि हुँदा एक घाईते
विरूवा गाउँपालिका(२ तुल्सिचौर बस्ने ८२ वर्षकी वसन्ति गुरुङको घरमा रहेको ग्याँस लिक भई अचानक आगलागी हुँदा गुरुङ घाईते भएकी छिन् । गुरुङलाई उपचारको लागि पोखरा पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
रेबिज लागेका मृत जनावरहरु किनबेच गर्ने दुईजना पक्राउ
ज्येष्ठ नागरिकहरुलाई सामाजिक विकास कार्यालयको तीन लाख अनुदान
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम