पोखरा । पोखरामा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा-१७ बस्ने २१ वर्षीय सुनिल पौडेल र १७ वर्षीय निश्चल पराजुुली रहेका छन् ।
उनीहरुलाई सोमबार पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित पोखरा बसपार्कबाट पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । पौडेलको साथबाट २७ पिस नाईट्रोभेट ट्याबलेट र पराजुलीको साथबाट डाइजेपाम, फेनारगन र नुरफिन गरी ३६ सेट लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । पृथ्वीचोकस्थित बसपार्कमा हिँडिरहेका उनीहरुलाई प्रहरी टोलिले शंका लागेर जाँच गरेको थियो ।
त्यही क्रममा पाईन्टको खल्तिमा लुकाई राखेको अवस्थामा उनीहरुको साथबाट सो सङ्ख्याको लागूऔषध बरामद गरिएको प्रहरी नायव उपरीक्षक कृष्ण बहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका दुव माथि थप अनुसन्धान भईरहेको छ
सम्बन्धित खबर
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
जम्न थाले मनाङका नदी र ताल
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम