पाटे बाघको आक्रमणबाट आइतबार बिहानै बर्दियामा फेरि एक जनाको ज्यान गएको छ। ठाकुरबाबा नगरपालिका १ भुरिगाउँ बजारको खानेपानी ट्यांकी नजिक ७० वर्षीय वृद्ध पहरिया थारूको पाटे बाघको आक्रमणबाट ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ।
आइतबार बिहान ७ बजेतिर करेसाबारीमा बंगुरलाई चारो राख्न गएका बेला बाघले आक्रमण गरी घिसारेर लैजाँदै गर्दा छिमेकी महिलाहरूले होहल्ला गरेपछि छाडेर गएको स्थानीय देवीराम दहितले बताए। बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको पाटे बाघको आक्रमणबाट वृद्ध थारूको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। घटनास्थल नजिक रहेको एउटा घरको बरण्डामा बिहान ४ बजेतिर बाघ देखेको समेत स्थानीयले बताएका छन्। घर नजिक रहेको निकुञ्ज भित्रबाट बिहानै पाटे बाघले आक्रमण गरेपछि स्थानीय त्रसित बनेका छन्। चार दिन अघि बिहीबार दिउँसो पनि बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट आएको बाघको आक्रमणमा परी गेरुवा गाउँपालिका ४ की ५६ वर्षीय रामकली शाहीको ज्यान गएको थियो।
यसअघि बढैयाताल गाउँपालिकाको मैनापोखरमा नेपाल तथा भारतीय जंगलबाट र राजापुर क्षेत्रमा भारतिय जंगलबाट आएको पाटे बाघको आक्रमणमा परि दुई जनाको ज्यान गएको थियो। छ महिनाको अवधीमा बर्दियामा पाटे बाघको आक्रमणमा परि चार जनाको ज्यान गएको छ। यसैबीच पाटे बाघको आतंक बढिरहेको भन्दै बर्दिया निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रका सामुदायिक वनभित्र घाँस-दाउरा लिन जंगलभित्र प्रवेस नगर्न जिल्ला प्रशासन कार्यालय बर्दियाले सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु