मदिराले अनियन्त्रित भएर उडानदल सदस्यलाई अभद्र व्यवहार गरेको आरोपमा गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र सञ्चारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले विमानबाट उतारेको छ।
उनीहरूले शनिबार पौने १० बजे त्रिभुवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेको सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१३ (कल साइन एमआइ४१३) विमानमा मदिरा सेवन गरेर हो-हल्ला गर्दै विमान दलमा रहेका सदस्यहरूलाई अभद्र व्यवहार गरेपछि सो एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा विमानबाट निकालेको विमानस्थल स्रोतले बताएको छ।
विमान चढेर सिटमा बसिसकेका उनीहरूलाई सिल्क एयरका क्याप्टेनले नै साथै उडाउन नसकिने भन्दै विमानबाट ओर्लिन भनेका थिए। त्यसमा विवाद भएपछि सिल्क एयरले प्रहरी बोलाएर उनीहरूलाई विमानबाट बाहिर लगेको थियो। उनीहरूले सो विमानका कर्मचारीका अलावा विमानस्थल कर्मचारी एवम् ड्युटीमा रहेका प्रहरीहरूलाई समेत अभद्र व्यवहार गरेको प्रहरीको दाबी छ। विमानबाट निकालिएपछि भट्टको साथमा सिंगापुर उड्न लागेका सनत न्यौपानेले आफ्नो कारणले डिपोर्ट गरेको भनेर समाचार आएको भन्दै फेसबुक लाइभमार्फत आपत्ति व्यक्त गरेका छन्। उनले फेसबुकमा आफ्नो भनाइको लाइभ गर्दै सो कुरा बताएका हुन्।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु