पोखरा । गण्डकी सरकारले स्थानीय तहदेखि प्रदेशका मुख्यमन्त्री समेतको तलव सुविधा बढायो । यसको चौतर्फी विरोध भैरहेको छ । सँगै जनप्रतिनिधिलाई मासिक तलव दिने ब्यवस्था संविधानमा नभएको भन्दै गण्डकी सहित ६ वटा प्रदेश विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
गण्डकी प्रदेशसँगै प्रदेश २, ३, ५, कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले संधिवानको गम्भीर उल्लघंन गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो । प्रदेश १ ले चाहीँ संविधान विपरित काम नगरेको बताईएको छ । अधिवक्ता लोकेन्द्र ओलीले प्रदेश १ बाहेक सबै प्रदेशले संविधानको गम्भीर उल्लंघन गरेर स्थानीय तहका जनप्र्रतिनिधिलाई मासिक पारिश्रमिक, ज्याला र तलव सहित सुविधा दिएको भन्दै रिट दर्ता गराएका हुन् ।
‘संविधानको धारा २२० को (८) र धारा २२७ मा जनप्रतिनिधिलाई तलब, ज्यालासहित सुविधा दिने उल्लेख नगरी सुविधा मात्रै दिने उल्लेख गरेको छ,’ अधिवक्ता ओलीले भने, ‘प्रदेश १ ले नेपालको संविधानअनुसार नै सुविधा मात्रै लिने ऐन बनाएर कार्यान्वयन सुरु गरेको छ । अरु प्रदेशले राज्यको करोडौँ सिध्याइरहेका छन् । यो संविधान विपरीत हो ।’ उनले छ वटा प्रदेशले बनाएका यी ऐनहरू तत्काल खारेजीको पनि माग गरेका छन् ।
जनप्रतिनिधिहरुले पाउने सुविधाको विषयमा सबै प्रदेशले ऐन बनाएका छन्। प्रदेश १ बाहेकका प्रदेशका गाउँ, नगर, उपमहानगर र महानगरसभाका बैठक भत्तासँगै उनीहरुले मासिक रुपमा तलब समेत बुझ्दै आएका छन् । संविधानमा स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक लिन पाउने व्यवस्था नभई सुविधा लिन पाइने व्यवस्था छ । प्रदेश र स्थानीय तहले संविधानले सुविधा लिन पाउने भनेर गरेको व्यवस्थालाई प्रदेशले तोडमोड गरेर तलब, सेवासुविधा मनलाग्दी बनाएका छन् ।
प्रदेश १ बाहेकका जनप्रतिनिधिले कर्मचारीले जसरी नै मासिक रुपमा तलब बुझेका छन् । संविधानमा उल्लेख गरेको सुविधा नियमित नभई तोकिएको बैठक वा विशेष अवसरमा उपस्थित भएबापत यातायात खर्च वा अन्य खर्च पर्छन् । तर, अहिले महिनावरी तलबसँगै अन्य भत्ता (सुविधा) हरु पनि लिँदै आएका छन् ।
गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दलका सांसद कुमार खड्का सरकारले संविधान नै उल्लंघन गरेर यस्तो व्यवस्था गरेको बताउँछन् । ‘हामीले सुविधा मात्रै तोकौँ भनेका हौँ,’ उनले भने, ‘मानिसहरुले जनप्रतिनिधिलाई सेवाको नभई जागिरेको हिसाबले हेर्न थाले । संविधानले यस्तो व्यवस्था गरेको छैन। अझ गण्डकी सरकारले त दोहोरो सुविधा लिने विद्येयक नै ल्याइसक्यो । हामीले विरोध र्गयौँ । दुई तिहाई बहुमत रहेको सरकारले पास गराई छाड्छ ।’
सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो