पत्रकार हमाल पक्राउ, रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ काँस्की द्वारा बिज्ञप्ति जारी

पत्रकार हमाल पक्राउ, रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघ काँस्की द्वारा बिज्ञप्ति जारी

patrakar

प्रहरीद्वारा पक्राउ परेका जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम् जनसंचार डटकमका संचालक तथा सम्पादक ओम हमालको गिरफ्तारी बिषयलाई लिएर नेपाल पत्रकार महासंघ शाखा काँस्कीले बिज्ञप्ति मार्फत खेद प्रकट गरेको छ ।

कास्की प्रहरीद्वारा शिशुवाबाट शुक्रबार गिरफ्तारगरिएका हमाललाई नेपाल पत्रकार महासंघले निशर्त रिहाई गर्न माग समेत गरेको छ । पत्रकार हमाल नेपाल पत्रकार महासंघ काँस्कीको साधारण सदस्य समेत रहेको संघले जनाएको छ ।

हमाल नेत्रबिक्रम चन्द विप्लब नेतृत्वको नेकपा निकट जनपत्रकार संगठन नेपालमा आबद्द पत्रकार हुन् । उनले पत्रकारिता जगतमा लामो समय देखि भ्रष्ट्रचार, अन्याय र बेथितिका बिरुद्द कलम चलाउदै आएका थिए ।

प्रहरीले विप्लव नेकपाका कास्की–स्याङ्जा इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’ सँगै हमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
सुनको मूल्य घट्यो
राराको डाँफे होटलमा आगलागी

ट्रेन्डिङ