कमला रानामगर-नेपाली काङ्ग्रेस का नेता तथा पुर्ब स्वास्थ्य मन्त्री गगन थापाले हाम्रा पुस्ताले मान्दै आएको सनातन धर्मलाइ कसैले परिबर्तन गराउन नसक्ने दाबी गर्नुहुदै कुनैपनि देश धर्म निरीपेक्ष हुन नसक्ने ठोकुवा गर्नुभएको छ ।
पुर्वि नवलपरासीको कावासोतिमा सम्पन्न एक कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै पुर्व स्वास्थ्य मन्त्रि थापाले घुमाउरो पारामा हिन्दु धर्मको स्थापना र नेपाल हिन्दु राज्य हुन सक्ने संकेत गर्नुहुदै सविधानमा धर्मको बारेमा सहि ढंगले व्याख्या गर्न नसकेको दावि गर्नुभयो ।
जवरजस्ती धर्म परिवर्तन गराउनु अपराध भएको सविधानमा उल्लेख भएअनुसार धर्म परिवर्तन गराइने कार्य बन्द गरीनुपर्ने आग्रह गर्नुहुदै अव हाम्रो सनातन धर्मलाइ रक्षा गर्ने बेला आइसकेकोले सचेत रहनुपर्ने बताउनुभयो ।
यसैगरी ससद थापाले अहीलेको अवस्थामा सरकार बाट ज्यु धनको समेत सुरक्षा नभएको दाबी गर्नु हुदै सरकार ले नेपाललाइ कम्बोडिया बनाउन थालेको आरोप लगाउनु भएको छ ।
उहांले “गाडि चलाउने चालक सही नभएसम्म गन्तव्यमा पुग्न नसके जस्तै देश चलाउने अहीलेको सरकारको क्षमता नभएको कारणले देशले सही गन्तव्य भेट्टाउन सक्दैन” भन्नुुभयो ।
मन्त्री थापाले नेपालको इतिहासमै दुइ तिहाइको बलियो सरकार रहेको अहिलेको वर्तमान सन्दर्भमा पनि जनताले परिवर्तनको कुनै आभाष गर्न नपाएको गुनासो गर्नुहुदै यो दुई बर्ष मा यो सरकारले शून्य काम गरेको दाबी गर्नु भयो ।
देशलाइ दुर्घटनाबाट बचाउनको लागी हामी सबै नागरीक सचेत हुनुपर्ने जरुरी रहेको बताउनुहुदै नेता थापाले सबै आ आफनो ठाउबाट यसको लागी जुुटुनुुपर्ने समेत आग्रह गर्नुभयो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु