प्रोटोकल अनुसार कुनै देशको विदेश मन्त्रीलाई होटलमा गएर भेट्न नमिल्ने भन्दै पूर्वप्रधामन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले भारतका विदेशमन्त्री एस जयशंकरलाई भेटेका छैनन्।
बुधबार नेपाल आएका जयशंकर बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा बसेका छन्। उनले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रचण्डलाई बिहान ८ बजे र त्यसपछि माधवकुमार नेपाललाई आफू बसेकै होटलमा भेट्न निम्ता पठाएका थिए।
पूर्वप्रधानमन्त्री एवम् पार्टीको अध्यक्ष र वरिष्ठ नेताको हैसियतमा अर्को मुलुकमा विदेश मन्त्रीलाई भेट्न जानु कूटनीतिक मर्यादाविपरीत हुने भन्दै भेट अस्वीकार गरेका हुन्।
नेपालभन्दा अगाडि बोलाइएका प्रचण्डले आफू नजाने बताएपछि नेपालले पनि सोही आधारमा जयशंकरका तर्फबाट आएको निम्तो अस्वीकार गरेको उनी निकट स्रोतले बताएको छ।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र डाक्टर बाबुराम भट्टराई भने भारतीय विदेशमन्त्रीलाई जयशंकरलाई भेट्न उनी बसेको द्वारिकाज होटेलमै पुगेका छन्।
जयशंकरसँग देउवाले दिउँसो १२ बजे भेटेका थिए। यसअघि गत जेठमा कांग्रेस सभापति देउवाले भारतीय विदेशमन्त्री नियुक्त भएकोमा जयशंकरलाई बधाई दिएका थिए। प्रोटोकल बाहिर गएर बधाई दिनु अशोभनीय भएको भन्दै देउवाको आलोचना भएको थियो।
जयशंकरले बाबुराम भट्टराईले १ बजेतिर भेटेका थिए। जयशंकरलाई भेट्न बाबुराम भट्टराईसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सँगै गएका थिए।
नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका जयशंकरले पहिलो भेट प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरे।
उनले बुधबार दिउँसो सामूहिक रूपमा र एक्लै प्रधानमन्त्रीसँग करिब २ घण्टा भेटघाट गरेका थिए। प्रधानमन्त्री ओली र जयशंकरको कुराकानी लम्बिएकै कारण बुधबार दिउँसो २ बजे सुरू हुने भनिएको आयोगको बैठक झण्डै २ घण्टा ढिलो गरेर ५ बजेमात्रै सुरू गरिएको थियो। यसैगरी, जयशंकरले बुधबार साँझ राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको टोलीलाई भेटेका थिए। उनले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी भेटेका हुन्।
२०७२ सालमा भारतका तत्कालीन प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले नेपाललाई नाकाबन्दी लगाउँदा भारतीय विदेशमन्त्री रहेका जयशंकरको विवादास्पद भूमिका खेलेका थिए।
सम्बन्धित खबर
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी