गण्डकी प्रदेशका मुख्यमन्त्री बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री बेलायत प्रस्थान

prithivi-subba-Gurung

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ शुक्रबार बेलायत प्रस्थान गरेका छन । बेलायत हुने नेपाली मेलामा भाग लिनका लागि मुख्यमन्त्री गुरुङ धर्मपत्नी कुमारीमुनी गुरुङसगै शुक्रबार त्यसतर्फ प्रस्थान गरेको स्वकीय सचिव सुर्य प्रसाद गुरुङले जानकारी दिए । हाम्रो सस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव भन्ने मुल नारा सहित आइतबारदेखि बेलायतमा नेपाली मेला सुरु हुदैछ । मेलामा मुख्यमन्त्री गुरुङ प्रमुख अतिथिको रुपमा सहभगी हुनेछन ।

तमू धीं युकेको आयोजनामा २००९ देखि नेपाली मेला सञ्चालन हुदै आएको छ । बेलायत बसाईको क्रममा मुख्यमन्त्री गुरुङले एनआरएन वेलायत सहित विभिन्न नेपाली समुदायको गर्ने कार्यक्रमहरुमा सहभागी हुने कार्यक्रम छ ।

बेलायत बसाईको क्रममा एनआरएन नेपालीहरुलाई प्रदेशमा लगानी लागि आग्रह गर्ने र नेपाल भ्रमण बर्षका लागि वताबरण बनाउन आफ्नो भ्रमण फलदायी हुने मुख्यमन्त्री गुरुङले बताए । मुख्यमन्त्री गुरुङ भदौ १४ गते स्वदेश फर्कने कार्यक्रम छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ