तनहुँको दमौली बजारमा फ्रि वाईफाई थप विस्तार, अब यी टोलमा समेत चल्ने

तनहुँको दमौली बजारमा फ्रि वाईफाई थप विस्तार, अब यी टोलमा समेत चल्ने

Free Wifi Vyas-3

तनहुँ । तनहुँको व्यास नगरपालिकाको वडा नं ३ को केही टोलहरुमा शुुक्रवार देखि फ्रि वाईफाई विस्तार गरिएको छ । यस अघि अनसन लाईनमा मात्र रहेको फ्रि वाईफाईको सुविधा पराशर टोल, निमचोक टोल र सृजना टोलका चौकुनामा प्रयोग गर्न मिल्ने गरी विस्तार गरिएको हो । फ्रि वाईफाईको परिक्षण प्रयोग गरि वडा सदस्य रबिन पौडेलले सुुरुवात गरेका हुन ।

फ्रि वाईफाइको व्यवस्था वल्र्डलिंक कम्युनिकेशन प्रा.लि.ले सामाजिक उक्तरदायित्व अन्र्तगत कम्पनीको खर्चमा व्यवस्था गरेको हो ।

साइवर सुरक्षाका कारण वाईफाईको प्रयोगका लागि मोवाईल नम्बर पठाएर रिक्वेष्ट गरेपछि एसएमएस मार्फत् पासवर्ड प्राप्त हुने र प्रयोग गर्न सकिने कम्पनीका शाखा प्रवन्धक मनोज मल्लले जानकारी दिए ।

मादीसेती एफ् एम्को टावरमा डिभाइस राखेर वाइफाईको सुरुवात गरिएको हो । परिक्षणका क्रममा रहेकाले सवै चौकुनामा प्रयोग गर्न मिल्ने गरी काम भइरहेको पनि मल्लले बताउनु भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ