आज कृष्णजन्माष्टमी मनाइँदै

आज कृष्णजन्माष्टमी मनाइँदै

krishna janma astami
देशभरका कृष्ण मन्दिरमा शुक्रबार कृष्णजन्माष्टमी मनाइँदै छ। यस अवसरमा पाटनको मंगलबजारस्थित श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको घुइँचो लाग्ने गर्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो २ : ३० बजे दर्शन गरी टीका, फूल र प्रसाद ग्रहण गर्ने कार्यक्रम छ।
 यसलगायत देशभरका कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ।  त्यस्तै, अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कन)को बुढानीलकण्ठस्थित मन्दिरमा पनि दही–हाँडी उत्सव मनाइने कार्यक्रम छ। भगवान् विष्णुले द्वापर युगमा कृष्णाष्टमीको मध्यरातमा आठौं अवतार श्रीकृष्णको रुपमा जन्म लिएको धार्मिक कथाअनुसार यस दिनलाई जन्माष्टमीका रूपमा मनाइएको हो। श्रीकृष्ण जन्म भएको मानिने यस रातलाई मोहरात्रि भनिन्छ।
यस दिन व्रत बसी मोहरात्रिभर भक्तजनले भजनकीर्तन गर्दै जाग्राम बस्ने गर्छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds