नेपाल प्रहरीको साइबर अपराध ब्युरो (सीसीबी) ले सामाजिक सञ्जालमा भ्रामक विषय लेख्नेविरुद्ध निगरानी बढाएको जनाएको छ । ब्युरोका प्रमुख विकास श्रेष्ठले भ्रामक कन्टेन्ट राख्ने वेवसाइट र युट्युब च्यानललाई निगरानीमा राखिएको स्पष्ट पारेका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले पनि लामिछाने प्रकरणमा अफवाह फैसाउने किसिमले सामग्री राख्ने अनलाइन र युट्युब च्यानलको सूची तयार पारिएको जनाएको छ ।
‘पत्रकारको हकमा पनि प्रेस काउन्सिलले हेर्ने भन्ने प्रावधान छ । हामीले काउन्सिलसँग पनि यस विषयमा छलफल गरेका छौं’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) श्रेष्ठले भने, ‘यसअघि केही व्यक्तिविरुद्ध कारवाही पनि भएको छ ।’
चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले भीड उत्तेजित बनाउनेलाई घर घर गएर भएपनि समात्ने बताएका छन् । ‘हामीले घर, ठेगानासमेत पत्ता लगाएर खोजी गरिरहेका छौं, कतिपय घरै छाडेर भागेको पनि देखिएको छ’, चितवन प्रहरी प्रमुख मल्ल भन्छन्, ‘कतिपयले अहिले सागाम्री डिलिट पनि गरेका छन् । तर, हाम्रो निगरानीमा रहेका व्यक्ति भागेको भए पनि मुद्दा दर्ता हुन्छ ।’
प्रहरीको महागनरीय अपराध अनुसन्धान महाशाखाले मंगलबारमात्रै प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतलाई गाली गरेको आरोपमा बाराबाट सागर मैनालीलाई पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तरगतको कसूरमा कारवाही गर्ने तयारी महाशाखाको छ ।
त्यसअघि रवि लामिछानेलाई पक्राउ गरेको भन्दै फेसबुकमा काठमाडौं प्रहरी प्रमुखलाई ‘रिप’ लेखेको आरोपमा अछामको मंगलसेनबाट रिदम बीसी पक्राउ परेका थिए । उनी एसएसपी उत्तमराज सुवेदीलाई माफी मागेर अबदेखि त्यस्तो हर्कत नगर्ने कागज गरेर छुटेका छन् ।
चितवनमा अहिले युट्युबरहरुको भीड लागेको छ । साथसाथै तिनै युट्युबले हाइलाइट गरेर सेलिब्रेटी बनाएका व्यक्तिहरु समेत भरतपुरमा डेराडण्डासहित भेला भई को दोषी हो र को निदोर्ष हो भन्ने सडकबाटै घोषणा गरिररहेका छन् ।
कुनै पनि घटनामा को दोषी हो र को निर्दोष हो भनेर निरुपण गर्ने काम अदालतको हो । तर, सामाजिक सञ्जालमा फोटोसपको प्रयोग गरेर भ्रामक सूचनाहरु दिने र अदालतलाई प्रभाव पार्ने कसरत भरतपुरबाट भइरहेको छ छ ।
यतिसम्म कि मृत्युपूर्व रेकर्ड गरेको भिडियोमा मृतक शालिकराम पुडासैनीको आँखाभित्र अर्को मानिसको तस्वीर देखियो, त्यसैले उनको आत्महत्या नभएर हत्या नै हो भन्ने प्रचार सामाजिक सञ्जालमा व्यापक भयो । त्यस्तै कश्मिरको घाइतेको तस्वीर जोडेर शालिकरामको शवमा नीलडाम देखिएको प्रचारबाजी पनि यसवीचमा भयो ।
सम्बन्धित खबर
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए