भारतीय विदेशमन्त्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

भारतीय विदेशमन्त्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

veet

काठमाडौं– भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।बुधबारदेखि शुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार काठमाडौं आएका जयशंकरले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भारतका पूर्व विदेशसचिव रहेका जयशंकर विदेशमन्त्री बनेपछि पहिलोपटक नेपाल भ्रमणमा आएका हुन् । प्रधानमन्त्री ओलीसँग भेटमा नेपाल–भारत संयुक्त आयोगको बैठक, बैठकका केही एजेण्डा र दुई देशको आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भएको भेटवार्तामा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी तथा नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीलगायतको सहभागिता थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds