पोखरा । नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले नेपाल प्रहरी कल्याणकारी कार्यक्रम अन्तरगत संचालित नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँको अवलोकन भ्रमण गरेका छन् ।
मंगलबार प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी बिनोद शर्मा घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्की का प्रमुख एसपी दान ब. कार्की, तनहुँ प्रमुख बिनोद सिलबाल, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी बिरेन्द्र कुमार बस्यालसहितको उपस्थितिमा आईजीपी खनालले विद्यालय निरीक्षण गरेका हुन् ।
उनले बिद्यालयको कक्षा कोठा, कार्यालय भवन, छात्रा होस्टल, स्नान गृह तथा शौचालय निरीक्षण गरी विद्यालयमा कार्यरत शिक्षक शिक्षिका र विद्यार्थीहरुसंग अन्तरक्रिया गर्नुका साथै शिक्षक तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएको प्रहरी निरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।
आईजीपी खनालले बर्तमान समयमा नेपाल पुलिस स्कुलले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै आगामी दिनमा अझ बढी गुणस्तरिय शिक्षा प्रदान गरी यस क्षेत्रकै नमुना बिद्यालय बनाउनु पर्ने विषयमा जोड दिए । विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरका लागि संगठनको तर्फबाट आवश्यक सहयोह गर्ने प्रतिबद्धता समेत उनले गरे ।

सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते