गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
यही भदौ १३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ’मारुनी’को प्रचारप्रसारलाई तीब्र बनाइएको छ । फिल्मको प्रचारप्रसार पनि फरक तरिकाले भइरहेको छ । फिल्म टीम काठमाडौँमा मात्र नभएर देशका विभिन्न शहरमा प्रचार गर्न व्यस्त छ । फिल्म प्रचारकै लागि विभिन्न शहरका सफारी देखि टेम्पोसम्म पोस्टर टाँसिरहेको छ ।
फिल्मको दुइ गीत र ट्रेलर सार्वजनिक भईसकेको छ । सार्वजनिक ट्रेलर र गीतलाई दर्शकले निकै मन पनि पराएका छन् । पोखरा, चितवन, इटहरी, नेपालगन्ज लगायतका सहरमा फिल्मका कलाकार र निर्माण टीम पुग्ने निर्मात्री पुनम गौतमले जनाएकी छिन् । फिल्म युनिटले ७ प्रदेशमा ४ ओटा कन्सर्ट गर्दैछ भने सबै कन्सर्टमा फिल्मकी नायिका साम्राज्ञि राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काको उपस्थिति रहने छ ।
भदौ ४ गते ईटहरीबाट कन्सर्ट सुरु भइसकेको छ । पोखरामा भदौ ६ गते आउँदैछ । पुनम इन्टरटेन्मेन्टको ब्यानरबाट पुनम गौतमले निर्माण गरेको फिल्ममा दर्शना केसी, मिना क्षेत्री र राजा प्रधान सह–निर्मातामा रहेका छन । फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्य लक्ष्मी शाह, रेबिका गुरुङ, विनोद भट्टराई, शंखर सेढाइ, अर्जुन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।
नवल नेपालको निर्देशन र गोविन्द फुयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । सञ्जय लामाले यस फिल्म खिचेका हुन् भने मित्र डी गुरुङले सम्पादन गरेका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु