काठमाडौं– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेल पनि न्यायका लागि प्रक्रिया सुरु गरेकी छिन् । उनी अहिले महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन पुगेकी छिन् ।
प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक समेत रहेका प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन गएकी छिन् । प्रहरीसँग भएको भिडियो बाहिर पुग्नुमा एसपी मल्लको कमजोरी रहेको निकिताको ठहर छ । यस्तै, लामोसमयदेखि विवादमा रहँदै आएका पत्रकार श्रेष्ठले पहिलो न्यूज प्रकाशित गरेका थिए भने नेपाल आजले भिडियो सार्वजनिक गरेको थियो ।
मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गर्न लागेको निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईको भनाई छ ।
कार्यालय प्रमुख र उपप्रमुख नरहेको भन्दै जाहेरी दर्ता हुन सकेन
यद्यपि, कार्यालय प्रमुख र उपप्रमुख नरहेको भन्दै उनको उजुरी भने अझै दर्ता हुन सकेको छैन । निकिता कार्यालय प्रमुख र उपप्रमुख कुरिरहेकी छिन् । प्रहरी विरुद्ध नै जाहेरी दर्ता हुन लागेको सुईंको पाएको प्रहरीले जाहेरी दर्ता गर्ला त ? भन्ने आशंका निकिता समर्थकले गरेका छन् । अहिले निकिता सञ्चारकर्मीमाझ घेरिएकी छिन् ।
साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले गत बिहीबार रवि लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ अनुसन्धान गरिरहेको छ।
सम्बन्धित खबर
बदली, वर्षा र हिमपातको सम्भावना
आज नेपाली सेनाको दुई सय ६२ औँ स्थापना दिवस, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु
नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप, १९ जना घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु