पोखरा । मालपोत कार्यालय कास्कीका अधिकृत अविनाश कुँवर ५९ हजार रुपैयाँ घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साँझ पोखराको मुस्ताङचोकबाट उनलाई नियन्त्रणमा लिएको हो ।
एक सेवाग्राहीलाई अनेक बाहना बनाउँदै कुँवरले जग्गा पास सम्बन्धी फाइल लुकाइदिने, ढिला गरिदिने गरेको खुलेको छ । विना झण्झट जग्गा पास गरिदिने र कर छुटसमेत गरिदिने प्रलोभन देखाई उनै सेवाग्राहीसँग घुस लिँदा लिँदै कुँवर समातिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरा कार्यालय श्रोतले जनाएको छ ।
सेवाग्राहीले नै केन्द्रिय कार्यालयमा सूचना दिएपछि केन्द्रबाट पोखरा कार्यालयलाई जानकारी प्रापत भएपछि अख्तियार टोली मुस्ताङचोक पुगेको थियो । बेलुकी ६ बजेतिर कुँवर मोटरसाइकलमा आए । सेवाग्राहीले गाडीबाट पैसा झिकेर दिन लागे । सोहि क्रममा कुँवरलाई नियन्त्रणमा लिएको हो । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
गत वर्ष २३ असोजमा मालपोत कार्यालय कास्कीबाटै ५० हजार घुससहित कर्मचारी ख्याम नारायण पौडेल र खरिदार सञ्जय शर्मा समातिएका थिए ।
http://gandaknews.com/ghus-malpott/
http://gandaknews.com/ghus-pakrau-2/
http://gandaknews.com/license-banauni/
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो