चितवन– पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनाविरुद्ध थप अनुसन्धान गर्न पुनः ५ दिनको म्याद थप गरेसँगै रविका समर्थकहरुले अन्याय भएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
चितवन जिल्ला अदालतले रवि लामिछानेसहित न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीमाथि थप अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको हो। गत बिहीबार काठमाडौंबाट पक्राउ परेका लामिछाने, कँडेल र कार्कीलाई प्रहरीले शुक्रबार चितवन जिल्ला अदालतमा पेश गरेको थियो।
शालिकराम प्रकरणमा रविसहित युवराज र अस्मिताले आत्महत्या दुरुत्साहनको कसुर गरेको भन्दै तीनै जनालाई पक्राउ परेका थिए। अदालतले म्याद थपेसँगै अब रवि, युवराज र अस्मिताले थप ५ दिनसम्म प्रहरीको हिरासतमै रहनुपर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले अस्मिता र युवराजको बयान लिइसकिएको जनाएको छ। युवराजको लिखित र अस्मिताको भिडियो बयान लिइएको जनाइएको छ। रविको भने बयान लिने क्रम शुरु भएको प्रहरीले जनाएको छ।
प्रहरीले मृतक पत्रकार पुडासैनीको शवको पोस्टमार्टम रिपोर्ट लगायत अन्य प्रमाण अदालतमा पेश गरेको जनाएको छ। रविमाथि अनुसन्धानका लागि म्याद थप गर्न मंगलबार अदालती समयको शुरुवातमै उपस्थित गराइएपनि रविको पक्षमा अधिवक्ताको बहसका कारण म्याद थपको आदेश ढिला मात्रै आएको हो।
मंगलबार करिब आधा दर्जन अधिवक्ताहरुले रविको प्रतिरक्षामा बहस गरेका थिए। यता रवि पक्राउको भोलोपल्ट गत शुक्रबार देखि आन्दोलन थालेका रविका समर्थकहरुले भने आन्दोलन थप चर्काउने घोषणा गरेका छन् । उनीले अदालबाट पनि न्याय नमिलेको तथा रविललाई फसाउने षडयन्त्र भएको भन्दै आन्दोलन चर्काउने घोषण गरेका हुन्।
अदालतको आदेश लगत्तै भरतपुरमा झडप, ६ जना पक्राउ
लामिछाने लगायत तीन जनालाई हिरासतमा राख्न म्याद थप गरेलगत्तै रविका समर्थकले भरतपुरमा प्रर्दशन गरेका छन् । भरतपुरको चौविसकोठीमा प्रदर्शनमा उत्रिएका प्रर्दशनकारी र प्रहरी विच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
सम्बन्धित खबर
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी