धादिङको सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय गणेश लम्साललाई श्रीमती र छोरालाई आगो लगाई जलाएर मार्न खोजेको आरोपमा आज बिहान प्रहरीले पक्राउ गरेको छ । लम्सालले गए राति धन्सारभित्र थुनेर २४ वर्षीया श्रीमती विमला दराई लम्साल र १५ महीनाको छोरा जेनिसलाई तारपिन तेल खन्याएर आगो लगाई ज्यान मार्न खोजेपछि घाइतेलाई गाउँबासीले उद्धार गरेका थिए ।
रक्सी सेवन गरेर आएका गणेशले झगडा गरी श्रीमती र नावालक छोरालाई मार्ने नियतले आगो लगाएका थिए । आफूले बच्चा बोकेर प्रतिकार गर्न नसकेपछि झ्याल खोलेर भाग्दा बाँच्न सफल भएको घाइते विमलाले बताईन्
विमलाको घाँटी, अनुहार, देब्रे हात, खुट्टा र छातीमा गहिरोसँग पोलेको छ भने जेनिसको पेट, ढाड, देब्रे हात र खुट्टामा पोलेको छ । घाइते आमा, छोराको जिल्ला अस्पतालले एकीकृत सङ्कट व्यवस्थापन प्रणालीअन्तर्गत निःशुल्क उपचारको व्यवस्था मिलाएको अस्पतालका सूचना अधिकारी कृष्णलाल श्रेष्ठले बताए ।
पक्राउ गरिएका लम्साललाई ज्यान मार्ने उद्योगअन्र्तगत अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
सम्बन्धित खबर
धादिङको आदर्श बहुमुखी क्याम्पसमा क्रान्तिकारीले आफै स्ववियु गठन गरेर चकित पार्यो
धादिङमा होली खेल्न भनी गएका २ किशोरी बेपत्ता
धादिङमा मन्दिरमा पानी लिएर गएको ट्याङ्कर दुर्घटना, २ जनाको मृत्यु
नारायणघाटबाट काठमाडौँ जाँदै गरेको माइक्रो धादिङमा दुर्घटना, ५ जना घाइते
धादिङमा लेनदेन विवादमा युवकको हत्या, एक जना पक्राउ
धादिङको उत्कृष्ट विद्यालय भिमोदयको ४७ औं वार्षिकोत्सव
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
शान्ति निकेतनले १५ करोड लागतमा अत्याधुनिक सुविधायुक्त भवन बनाउँदै
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु