सिम्रिकका जहाजहरु उडानमा बन्देज, पार्टपूर्जामा सुरक्षा खतरा

सिम्रिकका जहाजहरु उडानमा बन्देज, पार्टपूर्जामा सुरक्षा खतरा

Simrik

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सका जहाजमा ब्याण्ड लगाएको छ । जहाजमा राखिएका पार्टपूर्जामा सुरक्षा खतरा देखिएपछि तत्काल जहाजहरु ग्राउण्डेड गर्ने निर्णय भएको प्राधिकरण स्रोतले जानकारी दियो । प्राधिकरणले प्रत्येक कम्पनीको छुट्टाछुट्टै सुरक्षा जाँच गर्ने गर्छ ।

त्यही क्रममा सिम्रिकको आइतबार र सोमबार जाँच गरिएकोमा जहाजमा प्रयोग भएका पार्टपूर्जा हवाई सुरक्षाका दृष्टिकोणले खतरापूर्ण पाइएको हो । यस कम्पनीसँग ४ वटा जहाज रहेका छन् । यसका जहाज खतरापूर्ण रहेकाले उडानमा बन्देज लगाईएको एक अधिकारीले बताए ।

सुरक्षा खतरा देखिएपछि प्राधिकरणले आकाशमा उड्दै गरेको अवस्थामा पनि तत्काल अवतरणको निर्देशन दिन सक्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले मंगलबार सिम्रिकका उडान रद्द भएको पुष्टि गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds