पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा बेवारिसे अवस्थामा बस्दै आएकी महिलाको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नम्बर १६ बाइस घरेमा बन्दै गरेको नयाँ घरमा एक्लै बस्दै आएकी जमुना नाम बताउने नाम, थर, वतन नखुलेको महिलाको उपचारको क्रममा चितवन सरकारी अस्पतालमा मृत्यु भएको नवलपुर प्रहरीले जानकारी दिएको छ ।
यही भाद्र २ गते सोमबार अचानक बिरामी परेकी ति महिलाको स्थानीय र प्रहरीको सहयोगमा स्थानीय मेडिकलमा उपचार नसेपछि भरतपुर रिफर गरिएको थियो । हालसम्म महिलाको सनाखत हुन हुन नसकेको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
यसैबीच, मध्यविन्दु नगरपालिका चोरमारामा आज विहान बसको ठक्करबाट एक जनाकोे मृत्यु भएको छ भने एक जना घाइते भएका छन । काठमाडौंबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ना ५ ख ४८६ नम्बरको बसले ठक्कर दिदा साइकल यात्री भारतको मोतिहारी बलुवा घर भई हाल मध्यविन्दु नगरपालिका ७ चोरमारा बजारमा प्लाष्टिकको पसल गरी बसेका ३६ बर्षीय मोहम्मद साहबिर आलमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । गम्भीर घाइते आलमको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।
सोही बसको ठक्करबाट ना ४५ प २१०७ नम्बरको मोटरसाइकल चालक मध्यविन्दु नगरपालिका ७ निवासी ४८ बर्षीय भानुभक्त पंगेनी घाइते भएका छन् । घाइते पंगेनीको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको छ ।
सम्बन्धित खबर
नवलपुरमा ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
छात्रलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
सामूहिक प्याज खेतीमा जुट्दै किसान
पत्रकार महासङ्घ नवलपुरको अध्यक्षमा श्रीराम सिग्देल निर्वाचित
लाइसेन्समा दायाँबायाँ सुन्न नपरोस् : यातायात मन्त्री केसी
कोरोला–त्रिवेणी मार्गको निरीक्षणमा भौतिकमन्त्री केसी
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो