पोखरा । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा पुष्पाञ्जली फेशन एण्ड इभेन्टले वाईवाई तीज मेला—२०७६ को आयोजना गर्ने गर्दैछ । पूरानो टुँडिखेल मैदान बगरमा भदौ ११ गतेदेखि १७ गतेसम्म रमाईलो मेला आयोजना हुने पुष्पाञ्जली फेशन एण्ड इभेन्टकी अध्यक्ष एवं कार्यक्रम संयोजक शोभा गौतमले जानकारी दिईन् । मेलाबाट संकलित रकम इन्द्रेणी एकेडेमीमा रहेका विद्यार्थीहरुको स्तरोन्नतिमा खर्च गर्ने बताइएको छ ।
एक हप्तासम्म चल्ने मेलामा मौलिक तीज प्रतियोगितालाई विशेष प्राथमिकताका साथ राखिएको छ । गौतमका अनुसार कार्यक्रम हुने स्थान विशेष महत्वको समेत छ । ‘दिदी—बहिनीहरु तीजको दिनमा ब्रत बस्ने र नजिकको सेती नदीमा गई स्नान गर्ने, तत्पश्चात टुँडीखेल मैदानमा बसी रातभरी आफ्ना विरहका गीत गाउने, नाच्ने र दुःख साटा—साट गर्ने थलो टुँडीखेल हो ।’ उनले भनिन् – ‘त्यसैले पनि यही ठाउँमा मेला गर्न लागेका हौँ । तीजमा धेरै दिदी बहिनीको सहभागिता हुनेमा हामी ढुक्क छौं ।’
तीज गीत प्रतियोगितामा प्रथम हुनेले नगद ३० हजार १ सय १, द्वितीय हुनेले २० हजार १ सय १ र तृतीय हुनेले १० हजार १सय १ पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । सान्त्वना दुई टीमलाई समेत जनही ५ हजारको व्यवस्था गरिएको छ । एकल तीज गीत गृहणी नृत्य प्रतियोगिता अन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद १० हजार १ सय १, ७ हजार १ सय १, ५ हजार १ सय १ र ३ हजार १सय १ प्राप्त गर्नेछन् ।
एक हप्ते मेलामा म्यूजिकल चियर प्रतियोगिता, टपरी गाँस्ने प्रतियोगिता र छेलो फाल्ने प्रतियोगिता समेत राखिएको मेलाका मूल आयोजक समितिका सह—संयोजक एवम इन्द्रेणी एकिकृत विकास केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले बताए ।
मेलाभित्र महिला उद्यमीहरुद्वारा उत्पादित वस्तुहरुको प्रदर्शनी, विभिन्न व्यवसायीक स्टलहरु र मनोरञ्जनको निम्ति बाल उद्यानको समेत व्यवस्था रहेको मेलाका प्रचारप्रसार उपसमितिका संयोजक दिनेश शर्माले बताए । उनका अनुसार मेलामा राष्ट्रिय स्तरका कलाकारहरुको पनि बेजोड प्रस्तुति रहनेछ ।
मेलालाई थप व्यवस्थित र मर्यादित बनाउनको लागि मूल आयोजक समिति, कार्य सम्पादन समिति, महोत्सव संरक्षण समिति सँगै २२ ओटा विभिन्न उप—समितिहरु गठन गरिएको छ । मेला विगत २ं०३७ सालदेखि पोखरामा निरन्तर सामाजिक क्षेत्रमा क्रियाशिल गण्डकी प्रदेशकै अग्रणी संस्था इन्द्रेणी एकिकृत विकास केन्द्रको सहकार्यमा गर्न लागिएको हो ।
सम्बन्धित खबर
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
गोरखामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो