तनहुँ । पत्रकार रवि लामिछानेका समर्थकले सोमबार तनहुँको दमौलीमा प्रदर्शन गरेका छन् । जिल्लाको सदरमुकाम दमौलीमा उपस्थित भएका उनीहरुले लामिछानेकाे रिहाइ गर्न माग गरेका थिए ।
पत्रकार शालिकराम पुडासैनीको मृत्यु रहस्यमय भएको भन्दै प्रहरी प्रशासनले निष्पक्ष छानविन गर्नुपर्छ भन्दै उनीहरुले र्याली निकालेका हुन् । पत्रकार रवि लामिछाने निर्दोष भएको भन्दै रिहाई गर्न उनीहरुको माग रहेको थियो । व्यास २ ग्रीनसिटि टोलको आयोजनामा उक्त र्याली भएको थियो ।
मृत पत्रकार शालिकराम पुडासैनीले साउन २० गते नारायणगढस्थित कंगारु होटलमा आत्महत्या गर्नुअघि पत्रकार लामिछानेसहित, युवराज कँडेल र अस्मिता कार्कीको नाम लिएकाे भिडियाे सार्वजनिक भएकाे थियाे ।
उनीहरुलाई प्रहरीले साउन ३० गते काठमाडौंबाट पक्राउ गरेको हो । उनीहरूमाथि गत शुक्रबार ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हेर्नुस पुरा भिडियो :
सम्बन्धित खबर
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम