काठमाडौं | रवि लामिछानेको भविष्यवाणी गर्ने माता सरिता शर्माले रविका समर्थकले आफूलाई गाली गरेको भन्दै जाहेरी दिएकी छन्।
रवि लामिछानेका समर्थकले युट्युबमा आफूलाई तथानाम गाली गरेको भन्दै उनले सोमबार अपराध महाशाखामा जाहेरी दिएको प्रहरीले जनाएको छ। उनले व्यक्ति किटानी नगरी अन्तर्वार्तामा गालीगलौज गरेर कमेन्ट गरेको भन्दै उनीहरुलाई कारबाही गर्न माग गरेकी छन्। कमेन्ट हेरेर घटनाको अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ।
सरिताले केही समय पहिले रवि लामिछानेलाई छ महिनासम्म दिन राम्रो नभएको भन्दै सचेत रहन म्यासेज पठाएकी थिइन्। उनले मुद्दा मामिला खेप्नुपर्ने हुनसक्छ भन्दै रविलाई फेसबुकमा म्यासेज पठाएकी थिइन्।पत्रकार शालिकराम पुडासैनीको आत्माहत्या दूरुत्साहनको अभियोगमा रवि लामिछाने पक्राउ परेपछि उनका समर्थक र विरोधी सामाजिक सञ्जालमा गालीगलौजमा उत्रिएका छन्।
रवि लामिछाने समर्थकको प्रदर्शनमा नेकपाको आपत्ति
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चितवन जिल्ला समितिले टेलिभिजन प्रस्तोता रवि लामिछानेको समर्थनमा भएको प्रदर्शनप्रति आपत्ति जनाएको छ । प्रदर्शनमा पार्टीका नेताको नामै किटेर नाराबाजी गरेको भन्दै नेकपा चितवनले आपत्ति जनाएको हो । सोमबार जारी विज्ञप्ति नेकपाले अनुसन्धान र न्यायालयको निर्णय समेतलाई प्रभाव पार्ने गरी हुलहुज्जत, अराजक गतिविधि र परिवर्तनविरोधी नारा लागेको बताएको छ ।
नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजीत र सचिव कृष्णभक्त पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यसै घटनालाई लिएर हाम्रो पार्टीको नेतृत्वविरुद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीहरुलाई बढावा दिने गरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन ।’
नेकपाले लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनमा सहभागी नहुने पार्टी सदस्य, शुभेच्छुकलाई निर्देशन दिएको छ । पत्रकार शालिकराम पुडासैनीले साउन २० गते चितवनको एक होटलमा आत्महत्या गरेका थिए । पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भनिएको भिडियोका आधारमा प्रहरीले आत्महत्यामा दुरुत्साहन मुद्धामा अनुसन्धान गर्न टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको छ ।
लामिछाने पक्राउ परेपछि चितवनमा उनका समर्थकहरुले नियमितजसो प्रदर्शन गरिरहेका छन् । नेकपा चितवनले पत्रकार पुडासैनी मृत्यु प्रकरणको निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि माग गरेको छ । ‘निर्दोष नपरुन्, दोषी नउम्किउन् भन्ने हाम्रो पनि चाहना हो । अनुसन्धानका क्रममा न्यायिक हिरासतमा लिइएको व्यक्तिको सन्दर्भमा न्यायिक ढंगले निरुपण गर्न दिनुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित खबर
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी