‘हेलो नेपाल’ को लाइसेन्स खारेज, ८० करोड सुमार्गीले तिरेनन्

‘हेलो नेपाल’ को लाइसेन्स खारेज, ८० करोड सुमार्गीले तिरेनन्

hello-location-ad

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक ‘नेपाल स्याटेलाइट कम्पनी’ को अनुमति पत्र खारेज गरेको छ। प्राधिकरणले दिएको म्यादमा बक्यौता तिर्न नसकेपछि अनुमति पत्र खारेज गरिएको हो। हेलो नेपालमा ९ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ। सरकारको निर्णयले सो लगानी अन्यौलमा परेको छ।

हेलो नेपाल नामबाट सेवा प्रदान गर्दै आएको उक्त दूरसञ्चार कम्पनीले प्राधिकरणलाई करिब ८० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ। यो कम्पनी व्यवसायी अजेयराज सुमार्गीको हो। प्राधिकरणले आइतबार अनुमतिपत्र खारेज गरेको हो।

प्राधिकरणबाट नेपाल स्याटेलाइटले ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र पाएको थियो। उसले मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम स्थानमा सेवा पु‍¥याउने शर्तमा २०६४ फागुन ५ मा अनुमतिपत्र पाएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ