श्री एयरलाईन्सले ल्यायो ८० सीटे नयाँ जहाज, पोखरामा पनि उडाउने

श्री एयरलाईन्सले ल्यायो ८० सीटे नयाँ जहाज, पोखरामा पनि उडाउने

Shree Airlines

पोखरा । श्री एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको क्वू ४०० सिरिजको जहाज नेपाल भित्राएको छ । बम्बार्डियरकै जेट इन्जिन सिआरजे सिरिजका चार जहाजबाट नेपालमा आन्तरिक उडान गरिरहेको एयरलाइन्सले टर्बोजेट जहाज ल्याएको हो । सो जहाजबाट काठमाडौं पोखरा, सिमरा र जनकपुर उडान गर्ने एयरलाइन्सले जनाएको छ ।

८० सिट क्षमताको यो जहाजबाट एयरलाइन्सले श्रीसँग भएका सिआरजे सिरिजका जेट जहाजभन्दा न्यून इन्धन खपत गर्ने छ भने बुद्ध र यति एयरलाइन्स उडाइरहेका एटिआरभन्दा धेरै इन्धन खपत गर्ने कम्पनीको भनाई छ ।

श्रीको ठूलो जहाजबाट पोखरामा उडान शुरु गरेपछि पोखरा काठमाडौ रुटमा भाडामा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । श्रीले केही महिना पहिले नै पोखरा काठमाडौं रुटमा हवाइ जहाज उठाउने घोषणा गरिसेको थियो । श्रीसँग नयाँ जहाज आए सगैँ ५ वटा जहाज पुगेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ