पोखरामा ‘एसपी डिएसपी चिनेको छु, पैसा दिए छुटाउँछु’ भन्दै बार्गेनिङ गर्ने भट्टराई उल्टै प्रहरी फन्दामा

पोखरामा ‘एसपी डिएसपी चिनेको छु, पैसा दिए छुटाउँछु’ भन्दै बार्गेनिङ गर्ने भट्टराई उल्टै प्रहरी फन्दामा

पोखरा । ‘एसपी, डिएसपी चिनेको छु, पैसा दिए छुटाउँछु’ भन्दै बार्गेनिङ गर्नेलाई पोखरामा प्रहरीले नियन्त्रणमा लिएको छ । आफू कुट्ने ३ जना प्रहरीले पक्राउ गरिसकेपछि कुट्नेका परिवारसँग साढे ३ लाख दिए छुटाउँछु नत्र एसपी डिएसपी चिनेको छु, ३ वर्ष थुनाउँछु भन्दै बार्गेनिङ गर्ने व्यक्ति उल्टै प्रहरी फन्दामा परेका हुन् ।

रकम बार्गेनिङ गरेको भन्दै कार्यालयमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका १८ बस्ने बिनोद बहादुर भट्टराईलाई नियन्त्रणमा लिएको हो । गत साउन १ मा ३ युवाले कुटपिट गरेको घटनालाई लिएर भट्टराईले प्रतिवादीको परिवारसंग सम्पर्क गरी ‘मैले एसपी, डिएसपी चिनेको छु मुद्दा मिलाउने भए ३ लाख ५० हजार देउ नत्र ३ वर्ष जेलमा बस्नु पर्ला’ भनि पटक पटक सम्पर्क गरेर रकम मागेपछि आफन्तहरुले प्रहरी कार्यालयमा आएर उजुरी दिएका थिए । पक्राउ परेका भट्टराईलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds