शालिकरामकी श्रीमतीले दिइन रविविरुद्ध किटानी जाहेरी

शालिकरामकी श्रीमतीले दिइन रविविरुद्ध किटानी जाहेरी

rabi

पत्रकार शालिकराम पुडासैनी प्रकरणमा छानविन गर्न पुडासैनीकी पत्नी सम्झनाले रवि लामिछाने विरुद्ध किटानी जाहेरी दिएकी छन् । उनले आइतबार प्रहरी कार्यालयमा पुगेर किटानी जाहेरी दिएकी हुन् ।

पुडासैनीका परिवारले महानगरीय प्रहरी परिसर काठमाडौंमा लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएका हुन् ।

किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् । किटानी जाहेरी दिने क्रममा उनी भावुक भएर रोएकी थिइन् ।

पुडासैनीको १३ दिनको काजक्रिया शनिवार सकिएपछि उनी आइतवार उजुरी दिनप्रहरी कार्यालय पुगेकी हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ