पर्वत जिल्ला, महाशिला गाउपालिकास्थित चारभञ्ज्याङ लामे गाँउका लाम्छाने चेलीबेटीहरुले चारभञ्ज्याङ तमु समाज पोखराकी कार्यालय सहायक बिन्दु गुरुङलाई सहयोग गरेको छ।
अस्वस्थ्य भई आंशिक पक्षघातको उपचार गराइरहेकी गुरुङलाई लमेली लाम्छाने चेलीबेटीको तर्फबाट २५ हजार रुपैया र साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युटकी प्रवन्ध निर्देशक, समाजसेवी बिना गुरुङले ५ हजार रुपैया सहयोग हस्तान्तरण गर्नुभएको हो।
उपचारमा सहयोग पुगोस भनि स्वास्थ्यलाभको शुभकामना सहित सहयोग हस्तान्तरण गरिएको थियो । आर्थिक अवस्था कमजोर रहेकी गुरुङ हस्पिटलबाट डिस्चार्ज पश्चात दैनिक थेरापीसहितको उपचारक्रममा रहनु भएको छ। लामे माइती भएकी गुरुङको एक छोरा र एक छोरी विद्यालयमा अध्ययनरत छन् ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम