आज ९बिहीबार० श्रावण शुक्ल पूर्णिमा, अर्थात जनैपूर्णिमा । जनैपूर्णिमालाई रक्षा बन्धनको दिनसँगै क्वाँटी खाने दिनका रुपमा पनि लिइन्छ । आजकै दिनमा विशेष परिकारको रुपमा भिजाएर टुसा उमारिएको गेडागुडीलाई क्वाँटीको रुपमा खाने चलन पनि रहेको छ ।
क्वाँटी भनेको गेडागुडीलाई तातो र झोलिलो बनाएर खानु हो । आज क्वाँटी खानको लागि हरेक नेपालीहरुले आफ्नो घरमा दुई दिन अघिदेखि नै गेडागुडी भिजाएर टुसा उमारेका हुन्छन् । क्वाँटीमा मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी बकुल्लो लगायतका ९ प्रकारका गेडागुडीको मिश्रण हुन्छ ।
आजको दिन प्राय हरेक नेपालीको घरमा क्वाँटी पाक्ने गर्छ । सायद तपाईंले पनि क्वाँटी पकाएर खाइसक्नु भयो होला । तपाईले खाएको क्वाँटीको फाइदा तपाईंलाई थाहा छ रु थाहा पाइराख्नुस् क्वाँटी खानु स्वास्थ्यका लागि निकै लाभदायीक छ ।
यस्तो छ क्वाँटी खानुको फाइदा
क्वाँटीमा भिटामिन ए, बी र सिको मात्रा प्रचुर मात्रामा हुन्छ,
– क्वाँटी खादा कब्जियत, पाइल्स, फिस्टुला, फिसल लगायतको रोगबाट छुट्करा पाइन्छ,
– क्वाँटी नियमित खाएमा घाउहरु चाँडै निको हुन्छ,
– तौल नियन्त्रण गर्छ,
– हर्मोन उत्पादनमा सहयोग पुर्याउँछ,
– हड्डी कमजोर हुने समस्याबाट राहात मिल्छ,
– महिनावारी हुनुभन्दा अगाडी सेवन गर्दा पेटदुख्ने समस्याबाट राहत मिल्छ,
– मधुमेह, बाथ, मुटु तथा रक्तनली सम्बन्धी रोगहरु लाग्नबाट बचाउँछ,
– रोग प्रतिरोधात्मक शक्ति बढाउछ,
– रोगी, बालवालिका तथा बृद्धमा हुने कुपोषण हटाउन सकिन्छ,
– क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ,
– मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ,
– रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ,
– टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ,
– पाचनशक्तिमा सुधार ल्याउँछ,
– गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु