सगरमाथामा ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि भएन !

सगरमाथामा ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि भएन !

mount-everest-line

सर्वोच्च शिखर सगरमाथामा ट्राफिक जाम भएकोबारे अध्ययन गर्न गठित सरकारी कार्यदलले ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि नभएको भन्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले बुधबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सगरमाथामा ट्राफिक जाम भएको कुरा कतैबाट पुष्टि नभएको निष्कर्ष निकालेको छ ।

ट्राफिक जामका कारण आरोहीको मृत्यु भएको भन्न तथ्य नभेटेको उल्लेख गर्दै कार्यदलले जाम नभइ आरोहीको लामचाहिँ भएको बताएको छ । जामकै कारण मृत्यु भएको भन्ने आरोपलाई सबैभन्दाले आरोहण गरेको दिनको मृत्युदर ०.००४ प्रतिशतले खण्डन गर्ने कार्यदल संयोजक उपाध्यायले बताए ।

मौसमी प्रतिकुलता धेरै भएका र थोरै समय विन्डो खुल्दा आरोहण गर्ने धेरै भएको उनको भनाइ छ ।सन् २०१९ को वसन्त ऋतुमा सगरमाथा आरोहणको क्रममा १५ जनाको ज्यान गएको थियो । २ जना अझै बेपत्ता छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds