पूर्व–पश्चिम राजमार्गमा अरुणखोला पुल भाँचियो ,सवारी साधन सञ्चालन गर्न डाइभर्सन निर्माण (फोटो फिचर)

पूर्व–पश्चिम राजमार्गमा अरुणखोला पुल भाँचियो ,सवारी साधन सञ्चालन गर्न डाइभर्सन निर्माण (फोटो फिचर)

69170948_692859257852629_5124536106053795840_n

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

साना सवारीलाई पुलबाटै सञ्चालन गरिएको छ । ठूला सवारीका लागि भने खोलामा ‘डाइभर्सन’ निर्माण गरिएको उनले बताए । तत्कालका लागि रोकिएका सवारी सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ करमघारी गाउँ नजिक खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको भए पनि पानी परेको खण्डमा समस्या आउनसक्ने प्रहरी निरीक्षक अधिकारीले बताए । पानी पर्दा खोलमा पानीको सतह बढ्ने तथा निर्माण गरिएको ‘डाइभर्सन’ बगाउन सक्ने भएकाले पुनः यातायात अवरुद्ध हुनसक्ने संभावना छ ।

भाँचिएको पुल मर्मतका लागि भने केही समय लाग्ने प्रहरी निरीक्षक अधिकारीले बताए । पुलको तल्लो सतहबाटै मर्मत गर्नुपर्ने भएकाले तत्काल पूर्णरूपमा पुलबाट यातायात सञ्चालन गर्न केही समय लाग्ने सडक डिभिजन कार्यालयले जानकारी गराएको उनको भनाइ छ ।

बुधबार बिहान ना६ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किँदा पुलको एक स्थानमा क्षति पुगी करीब दुई मिटर तल लच्किएकाले यातायात अवरुद्ध बनेको थियो ।

पूर्वपश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीमा रहेका पुलहरु झण्डै वर्षेनीजस्तो कुनै न कुनैमा क्षति पुग्ने गरेका छन् । यसबाट यात्रुहरुले समस्या झेल्ने गरेका छन् । नवलपरासीको नवलपुरअन्तर्गत पर्ने जयश्री पुल, बौलाहाखोला पुल, लोकाहा पुलमा गत वर्ष सवारीले ठक्कर दिई क्षति पुग्दा महीनौँसम्म यात्रुले सास्ती पाएका थिए ।

२०३० सालतिर निर्माण गरिएका नारायणगढ–बुटवल सडक खण्डका पुलको संरचनामा ‘ट्रस’को प्रयोग गरिएको छ । पुल निर्माण गरेको लामो समय भएकाले पुलका संरचना कमजोर बन्दै गएका छन् । सवारीसाधनले पुलमा सामान्य ठक्कर दिँदासमेत पुलको संरचनामा धेरै क्षति पुग्ने गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds