पोखरा । नेपालमै पहिलो पटक आयोजना हुन लागेको ‘मिस्टर दारी २०१९’ को पोखरा अडिसन सम्पन्न भएको छ । मंगलबार क्लाउड नाइनमा अडिसन सम्पन्न भएको हो । मिस्टर दारीका लागि पोखरा अडिसनबाट आठ जना छनोट भएको निर्णायक आशिष पुरीले जानकारी दिए ।

अडिसनमा सहभागी १९ जना मध्य ८ जना छनोट भएको पुरीले बताए । छनोट हुनेहरुमा नयाँबजारका बिक्रम पाण्डे, लुम्लेका जीवन देवकाेटा, शितलदेविका शम्भु ज. कार्की, रामबजारका शंकर ए सी, न्यु रोडका बसन्त मिश्र, लेखनाथका अमृत कुमार बराल, बिन्दबासिनीका ईश्वरी पाण्डे, लामाचौरका अनुप सुबेदी रहेका छन् ।

अडिसनमा मिस्टर दारी २०१९ का ब्राण्ड एम्बासडर एवं दारी ग्याङका फाउन्डर अभिषेकराज सिंह थापा, फेशन कोरियोग्राफर दिपक भट्टराई र पोखराका आयोजक आशिष पुरी निर्णायकको भूमिकामा रहेका थिए ।

पछील्लो समय नेपालमा दारी राख्ने ट्रेन्ड चलेपछी दारी प्रेमीहरु बढेको र त्यसैलाई लक्षित गर्दै ठन्डर प्रोडक्सनले ‘मिस्टर दारी २०१९’ आयोजना गर्न लागेको हो । यो प्रतियोगिता अन्य सौन्दर्य प्रतियोगिताकै शैलीमा हुने भए पनि यसभित्रको खुराकहरु भने बिल्कुलै फरक रहेको ठन्डर प्रोडक्सनका प्रबन्ध निर्देशक बिजय कार्कीले बताए ।

यसका लागि अहिले देशमा बिभिन्न ठाउँमा अडिसन हुँदैछ । विराटनगरबाट सुरु भएको अडिसन, इटहरी हुँदै विर्तामोड, चितवन, बुटवल, कोहलपुर, पोखरामा सम्पन्न भइसकेको छ । अब साउनको ३२ गते अन्तिम अडिसन काठमाण्डौमा हुनेछ ।

मिस्टर दारी २०१९ को फिनाले भने असोजको ५ गते राष्ट्रिय नाचघर काठमाडौंमा हुनेछ ।
http://gandaknews.com/mr-dari/
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो