पोखरा महानगरपालिका भित्रका विभिन्न वडा कार्यालयमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ११ घर भई पोखरामा डेरा गरेर बस्दै आएका ५१ वर्षीय किशोर थापालाई प्रहरीले एक वर्षपछि समातेको हो ।
प्रहरीले उनीसँगै चोरीको सामान किन्ने काठमाडौंका रुपचन्द्र गोपालीलाई पनि नियन्त्रणमा लिएको छ । उनको कलंकीमा कम्प्युटर पसल रहेको र त्यहाँ चोरीको सामान किनबेच हुने गरेको खुलेको छ । कास्की प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी दुवैलाई सार्वजनिक गरेको हो ।
थापाले गएको एक वर्षमा पोखराका ११ वटा वडा कार्यालयमा चोरी गरेका थिए । गत वर्ष जेठ महिनाबाट पोखराका वडा कार्यालयमा शृंखलाबद्ध चोरीको घटना सुरु भएपनि प्रहरीले चोर पक्राउ गर्न सकेको थिएन । पोखराको वडा नम्बर ५, ६, १२, १३, १४, १५, १६, १९, २५, २९, ३१ मा चोरी भएको थियो।
वडा कार्यालयबाट कम्प्युटर चोरी हुँदै आएको थियो। थापाले ती कम्प्युटर गोपालीलाई बेच्ने गरेका थिए । पक्राउ परेका थापा यसअघि पनि दुई पटक चोरी मुद्दामा जेल परेका थिए । पछि छुटेपछि उनले फेरी चोरी गर्न सुरु गरेको अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित खबर
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु