बागलुङमा बजार अनुगमनका क्रममा भेटिए म्याद नाघेका सामग्री

बागलुङमा बजार अनुगमनका क्रममा भेटिए म्याद नाघेका सामग्री

baglung

बागलुङमा बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद नाघेका सामग्री फेला परेका छन् । बागलुङ नगर अनुगमन समितिले बागलुङ बजार अनुगमन गर्ने क्रममा त्यस्ता सामाग्री फेला पारेको हो। बागलुङ बजारको पुरानो बसपार्क तथा ट्राफिक चोक क्षेत्रका खाद्यान्न पसलहरुमा म्याद नाघेका सामग्री भेटिएका हुन्।

चक्लेट, भुजिया, कुरकुरे, पेय पदार्थ, तेल जस्ता म्याद नागेका खाद्यान्न फेला परेको अनुगमन समितिले जनाएको छ । म्याद नागेका त्यस्ता खाद्यान्न जफत गरी व्यापारीहरुलाई चेतावनी दिइएको समेत समितिले जानकारी दिएको छ।

जफत गरिएको समान मालुढुंगास्थित डम्पिङसाइट नजिकै लगेर नष्ट गरिएको छ । समितिले अनुगमनको क्रममा मूल्यसूचि नराख्ने पसलेलाई मूल्यसूचि राख्न समेत निर्देशन दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
सुनको मूल्य घट्यो
राराको डाँफे होटलमा आगलागी

ट्रेन्डिङ