अब बिए (मानविकी) को कोर्स पनि चार वर्षे

अब बिए (मानविकी) को कोर्स पनि चार वर्षे

Tribhuvan_University,Arts_Faculty-

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा यही शैक्षिक सत्रदेखि मानविकी तथा सामाजिकशास्त्र संकायमा स्नातक तहको पठनपाठन ४ वर्षे हुने भएको छ । उक्त संकायअन्तर्गत विद्या परिषदको आइतबारको बैठकले चारवर्षे स्नातक तहको अध्ययन–अध्यापन सुरु गने निर्णय गरेको हो ।

बैठकले नयाँ पाठ्यक्रमसमेत स्वीकृत गरेको डिन कार्यालयले जनाएको छ । यसअघि व्यवस्थापन, शिक्षालगायतका संकायहरूको स्नातकमा ४ वर्षे कोर्स पढाइ हुँदै आएको छ ।

मानविकी संकायलाई पनि सोहीअनुरूप ४ वर्षे बनाइएको डिन जीवलाल भुसालले जनाए । नयाँ पाठ्यक्रमअनुसार २० विषयको पढाइ हुनेछ भने तह पूरा गर्न विद्यार्थीले २०० सय पूर्णांकको परीक्षा दिनुपर्नेछ । त्यसका लागि अनिवार्यसहित ऐच्छिक विषय तोकिएको छ ।

त्रिविमातहतका क्याम्पसले यही वर्षदेखि ४ वर्षका लागि भर्ना सञ्चालन गर्ने र नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गराउने छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds