गण्डकी प्रदेशका जिल्ला अन्तर्गत आज तनहुँ, बाग्लुङ, कास्की, नवलपरासीमा एक–एक जनाको मृत्यु भएको छ । बाग्लुङको ढोरपाटन नगरपालिका ८ कुहिने बाटोमा रहेको गोठमा सोही स्थानको बोबाङ बस्ने वर्ष ६० को भुम बहादुर बि.क. र श्रीमति वर्ष ६० की बिमा बि.क. आफ्नै गोठमा काम गर्न गई गोठमा नै बसेकोमा आज दुवै जना मृत अवस्थामा भेटिएको प्रदेश प्रहरीले जनाएको छ । घटनाबारे थाहा हुने बित्तिकै तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको जनाइएको छ ।
यस्तै, पोखरा महानगरपालिका १६ महेन्द्र गुफा स्थित वर्ष ३६ की गोमा परियार एक्कासी वमिट गरी मुखबाट फिंज निकाली बिरामी भई उपचारको लागि फिष्टेल अस्पताल ल्याएकोमा डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका छन् । उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तनहुँको देवघाट गाउँवपालिका ५ ठिमुरा पुल स्थित त्रिशुली नदिको किनारमा हाल सम्म नाम, थर, वतन नखुलेको वर्ष अन्दाजी ४५ को पुरुष व्यक्तिको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान प्रदेश प्रहरीले जानकारी दिएको छ ।
नवलपुरको कावासोती नगरपालिका ८ थानाचोक नजिकै हालसम्म नाम, थर, वतन नखुलेको अंन्दादजी ५०, ५५ वर्षको पुरुष व्यक्ति अचेत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटिई गई निजलाई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा नवलपरासी पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेका छन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो