पोखरा । गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले ‘प्रदेश लोक सेवाको गठन काम, कर्तव्य, अधिकार र कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले आइतबार प्रमाणिकरण गरेका हुन् ।
विधेयकलाई साउन १० गते बसेको गण्डकी प्रदेश सभाको बैठकले पारित गरेको थियो । गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले साउन १२ गते प्रमाणित गरेको विधेयकलाई प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा साउन १४ गते पठाएको थियो । प्रदेश प्रमुख कुँवरले आइतबार नै पाँच÷पाँच प्रति विधेयकमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका थिए ।
नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरि त्यसको सूचना यथासम्भव चाँडो प्रदेश सभालाई दिनुपर्ने व्यवस्था छ । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखबाट प्रमाणिकरण भएपछि विधेयक ऐन बन्छ ।
गण्डकी प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव विश्वप्रकाश न्यौपानेले प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने प्रदेश सभाको सचिवालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र संघीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा एक÷एक प्रति पठाइएकोे बताए ।
सम्बन्धित खबर
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
गोरखामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो