राजतन्त्र ल्याउनुपर्छ : पशुपति शमशेर जबरा

राजतन्त्र ल्याउनुपर्छ : पशुपति शमशेर जबरा

Pashupati samser

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले नेपालमा राष्ट्रप्रमुखको भूमिका निष्पक्ष र स्वतन्त्र हुन नसकेको भन्दै राजसंस्थालाई उक्त भूमिकामा राख्नुपर्ने बताएका छन्।

रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै अध्यक्ष जबराले भने, ‘पार्टीको नेता राष्ट्रपति भएकोले उनीहरूको भूमिका निष्पक्ष हुन सकेको छैन। नेपालको राजसंस्था निश्पक्ष र कुनैपनि पार्टीमा आबद्ध नभएकोले राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न सक्छ।’

अध्यक्ष जबराले आफ्ना जिजु काकाले दिएको दरबारले पनि नपुगेर अहिले राष्ट्रपति शीतलनिवास नजिकै रहेको प्रहरी तालिम केन्द्रको जग्गा पनि सोखको लागि राष्ट्रपति कार्यालयको बनाउने काम गरेको भन्दै आपत्ति जनाएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds