पोखरा । पछिल्लो पटक युट्युबमा मन पराइएको स्ट्याण्ड अप कमेडी शो यसका पारखीहरुले पोखरामा प्रत्यक्ष हेर्न पाए । स्ट्यान्ड अप कमेडी क्लब पोखराले पहिलो पल्ट पोखरामा स्ट्यान्ड अप कमेडी शोको आयोजना गरेको हो । शुक्रबार लेकसाइड स्थित अल्टिट्युड रेष्टुरेन्ट एण्ड बारमा बेलुकी ७ बजेबाट शो गरिएको सुन्दर सुवेदीले जानकारी दिए ।
पोखरेली युवायुवतीहरु कुशल बास्तोला, बिबेक गुरुङ, समिर लामिछाने, रेखा क्षेत्री, जिवन सुवेदी, प्रशान्त पन्त, विनिता बराल, सुन्दर सुवेदीले आफ्नो प्रस्तुति राखे । विशेषतः टिनएजर्शले रुचाएको यो शो पोखरामा पहिलो पटक आयोजना हुँदा दर्शकको साथ पनि उत्तिकै रह्यो । यी प्रस्तुतिलाई युट्युबमार्फत सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
आफुहरुले पहिलो पल्ट पोखरामा स्ट्यान्ड अप कमेडि को आयोजना गरेको र दर्शकको साथ र सहयोगले आफुहरुलाई थप ऊर्जा मिलेको आयोजक स्ट्यान्ड अप कमेडी क्लब पोखराका संयोजक सुन्दर सुवेदीले बताए । सुवेदीले आउने दिनमा अझै बढी सुधार गरी लोभलाग्दो प्रस्तुतिका साथ आउने पनि प्रतिबद्धता जनाए । शोको Online Partner मा गण्डकन्यूज डटकमले सघाएको छ ।

http://gandaknews.com/stand-up-comedy/
सम्बन्धित खबर
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो