९ लाख मूल्य बराबरको सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ

९ लाख मूल्य बराबरको सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पक्राउ

gold

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ९ लाख मूल्य बराबरको सुनसहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–४ घर भएका भुपेन्द्र मगर छन् । अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीले भुपेन्द्रलाई १ सय ५० ग्राम सुनको बालासहित नियन्त्रणमा लिएको हो ।

भुपेन्द्रले वैदेशिक रोजगारीबाट आएका नेपालीबाट अवैध रुपमा ल्याइएको सुन संकलन गरेर लैजान लागेका थिए । तस्करहरुले अहिले सानो सानो मात्रामा सुन तस्करी गर्न वैदेशिक रोजगारीबाट घर फर्किने नेपालीको प्रयोग गर्ने गरेका छन् । भुपेन्द्र पनि तस्करहरुको समूहसँग संलग्नता रहेको हुनसक्ने प्रहरीले जनाएको छ ।

पक्राउ परेका भुपेन्द्रलाई सुनसहित थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको जिम्मा लगाइएको विमानस्थल प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ